Kathmandu Press

विवादसँगै गायक सपुतको  ‘पीर’ झनै हिट, छोटो समयमै युटुबको एक नम्बर ट्रेन्डिङमा 

काठमाडौं, फागुन ३० : बिरोध र विवादका बाबजुत गायक प्रकाश सपुतको नयाँ गीत  ‘पीर’ ले दर्शक श्रोताको माया पाएको छ । तीन दिनअघि युट्युबमा सार्वजनिक...
विवादसँगै गायक सपुतको  ‘पीर’ झनै हिट, छोटो समयमै युटुबको एक नम्बर ट्रेन्डिङमा 

काठमाडौं, फागुन ३० : बिरोध र विवादका बाबजुत गायक प्रकाश सपुतको नयाँ गीत  ‘पीर’ ले दर्शक श्रोताको माया पाएको छ । 

तीन दिनअघि युट्युबमा सार्वजनिक  ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै  विवाद सिर्जना भएपछि सपुतको उक्त गीतले झनै दर्शक श्रोताको माया पाएको हो ।

Hardik ivf

गीत सार्बजनिक भएको तीन दिनमै युटुबको एक नम्बर ट्रेन्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म सपुतको यस गीतलाई झण्डै ४८ लाखले हेरिसकेका छन् । 

नेपालमै युद्ध लडेर समेत केहि गर्न नसकेर प्रवास जानपरेको पीडा गीतले दर्शाउन खोजेको छ । गीत सार्बजनिक भएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गीतविरुद्ध आपत्ति जनाएका छन् । 

सपुतले आज मात्रै एक फेसबुक स्टाटस मार्फत आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न र गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी समेत मागिसकेका छन् । 

प्रकाशित मिति: २०:४९ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्