Kathmandu Press

खोटाङका विद्यालयहरूमा देखाइयाे सडक नाटक ‘बोध’ 

खोटाङ, फागुन २९ : खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित...
खोटाङका विद्यालयहरूमा देखाइयाे सडक नाटक ‘बोध’ 

खोटाङ, फागुन २९ : खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित रहेर उक्त नाटक तयार पारिएको हो।

उक्त नाटक खोटाङको हलेसी तुवाचुङका च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्वय मावि हलेसीमा मञ्चन गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सो नाटकले लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, त्यसबाट समाजमा भएका विविध सामाजिक घटना समेटेको छ। 

Hardik ivf

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।

नाटकका पात्रसमेत रहेका डिसीले यही विषयवस्तुमा केही वर्षअघि ‘सिग्नेचर’ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए। त्यही अनुभवलाई यस नाटकमा मिहीन तरिकाले प्रस्तुत गरिएको उनले बताए।

सामाजिक जनचेतना बोकेको विषयवस्तुमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्करलगायत चलचित्रमा समेत काम गरेका छन्।

नाटकमा काम गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसी चलचित्रमा अभिनयसँगसँगै विभिन्न नाटक निर्माणमा पनि जुट्दै आएका छन्।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्