तनहुँमा शिवपञ्चायन मन्दिरको शिलान्यास
तनहुँ, फागुन २९ : तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ।यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको...
तनहुँ, फागुन २९ : तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ।
यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शिलान्यास गरेका छन्।
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गरे। प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उनले बताए।
प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे। धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो।
प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












