Kathmandu Press

भाषणले मात्रै विकास हुँदैन : नेता सिंह

काभ्रेपलाञ्चोक, फागुन २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन। उनले आज काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो...
भाषणले मात्रै विकास हुँदैन : नेता सिंह

काभ्रेपलाञ्चोक, फागुन २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन। उनले आज काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै काम गर्नेलाई प्रोत्साहित गर्दै भाषण कम विकासमा बढी काम गर्नुपर्ने बताए।

'नेपाली समाजलाई भाषण र उखान, टुक्का मनपर्ने बनाइयो, यस्तो गर्नुहुन्न, भाषण कम, काम बढी गर्नुपर्छ अनिमात्रै विकासले गति लिन्छ,' पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने। उनले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्नेमा त्यसो नभइरहेको गुनासो दोहोर्‍याए। 'सबै क्षेत्रमा राजनीति पनि गर्नु हुँदैन, उद्योगलाई पनि प्रोत्साहन गर्दैै विकासलाई सबै दलले प्राथमिकता दिनुपर्छ,' उनले भने।

Hardik ivf

नेता सिंहले विकासका सवालमा कसैलाई दोष लगाएर पन्छिने नगर्न आग्रह गरे। 'प्रजातान्त्रिक संस्कार विकसित गर्दै विकासमा कांगे्रस–कम्युनिष्ट भन्नु हुँदैन, सबै मिलेर देश बनाउने हो,' उनले भने। अधिकार प्राप्तका सवालमा सबै मिलेजस्तै विकासे अभियानमा प्रस्पिर्धा गर्न उनले सुझाए।

नेता सिंहले शिक्षा क्षेत्र पार्टी विशेष नहुने बताउँदै नेपालमा उत्पादित दक्ष जनशक्ति स्वदेशमै परिचालन गर्नुपर्ने बताए। उनले भने, 'जमाना प्रविधिको छ, प्रविधियुक्त जनशक्तिले स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ।' शैक्षिक संस्थाले शैक्षिक नीति र समयानुकूल पाठ्यक्रम विकासमा योगदान पुर्‍याउनुपर्ने उनको तर्क थियो।

सो अवसरमा नेता सिंहले क्याम्पसमा स्थापना गरिएको विज्ञान प्रयोगशालको उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदशेका महामन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउँदै राजनीतिमा युवाको आकर्षणले समाज परिवर्तनमा ठूलो योगदान पुगेको बताए।

प्रकाशित मिति: १९:१५ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्