Kathmandu Press

सवारी दुर्घटनामा वडा सदस्यको मृत्यु

नवलपुर, फागुन २८ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा...
सवारी दुर्घटनामा वडा सदस्यको मृत्यु
Hardik ivf

नवलपुर, फागुन २८ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो। सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए। थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए। दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्