Kathmandu Press

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

काठमाडाैं, फागुन २८ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ। यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै...
कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

काठमाडाैं, फागुन २८ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ। यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन्।

Hardik ivf

त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाइएको छ। हालसम्म मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। हाल देशभर पाँच हजार ५० जना सक्रिय सङ्क्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन्।

पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ। खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन्। एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन्।

प्रकाशित मिति: १८:१० बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्