Kathmandu Press

मुलुकभर ७३ जनामा कोरोना संक्रमण, १९२ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २८ : नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा...
मुलुकभर ७३ जनामा कोरोना संक्रमण, १९२ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २८ : नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Hardik ivf

शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । 

त्यस्तै थप १ सय ९२ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५० सक्रिय संक्रमित आइशोेलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्