Kathmandu Press

तोकिएकै मितिमा निर्वाचन हुन्छ : सहमहामन्त्री पाण्डे

मार्तडी, फागुन २८ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा...
तोकिएकै मितिमा निर्वाचन हुन्छ : सहमहामन्त्री पाण्डे

मार्तडी, फागुन २८ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। 

नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन्। सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे। 

Hardik ivf

अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने बताउँदै उनले स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुनेबारेमा यकिन हुने उल्लेख गरे। 

सहमहामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए । 

जनताका समस्या उजागर गर्न र देश निर्माणका लागि अहिलेको सरकारले जेठ १५ मा बजेट ल्याउने उनले बताए। उनले भने, ‘नेकपा (एमाले)ले एमसिसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एकमहिने अभियान सञ्चालन गर्न लागेको छ।’ 

सहमहामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसिसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए । ‘देशमा सङ्कट आएका बेला नेकपा ९एमाले० गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ,’ उनले भने, ‘कांग्रेसले जिम्मेवारीपूर्वक चुनौतीको सामना गर्दै देशको हितमा कार्य गर्छ ।’  

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्