Kathmandu Press

फुङ्लिङमा आगलागीबाट ६९ लाखभन्दा बढी क्षति

फुङ्लिङ, फागुन २८ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।   ...
फुङ्लिङमा आगलागीबाट ६९ लाखभन्दा बढी क्षति
Hardik ivf

फुङ्लिङ, फागुन २८ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । 
    
ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार  आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु  भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए। 

शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल  प्रयोग गर्नाका साथै  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्