Kathmandu Press

छोरी शिक्षाअन्तर्गत तानसेनमा ७० जनालाई छात्रवृत्ती 

पाल्पा, फागुन २८ : तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ। छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका...
छोरी शिक्षाअन्तर्गत तानसेनमा ७० जनालाई छात्रवृत्ती 

पाल्पा, फागुन २८ : तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ। छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका ७० जना छोरीलाई पढाउन थालेको हो । 

नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै नगर सरकारले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । अहिले ४७ जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको र थप २३ जनाको स्थान रिक्त भएकोकम छिट्टै छनोट गरी छात्रवृत्ति प्रदान गरिने तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए।  छात्रवृत्तिका लागि नगरपालिकाको मापदण्डअनुसार १ दशमलव ६ जिपिए ल्याएको हुनुपर्ने छ।

Hardik ivf

नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छोरीलाई प्रतिमहिना रु एक हजारका दरले वितरण गरी शिक्षा क्षेत्रमा अगाडि बढाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरेको हो । आगामी वर्षमा छोरीहरुको स्वास्थ्य, कृषि, इन्जिनियरलगायतका प्राविधिक विषयमा पहुँच वृद्धि हुनेछ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले छोरीहरुको अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै अझै उच्च शिक्षामा पनि अभिभावकत्व ग्रहण गर्ने योजनाअनुसार कार्यक्रम बनाएको बताए। 

व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राको सङ्ख्या वृद्धि गर्न र छोरीले पढ्ने अवसर पाउन भनेर नै नगर सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो कार्यक्रम ल्याएको नगरप्रमुख शाहीको भनाइ छ । अहिले ४७ छोरीलाई छ महिनाको रु छ हजारका दरले रु दुई लाख ८२ हजार छात्रवृत्ति प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए। 

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्