आज प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं, फागुन २८ : आज प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं, फागुन २८ : आज प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षाको सम्भावना रहेको छ। आज बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
त्यस्तै, आज दिउसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १‚ बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।
प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












