Kathmandu Press

सत्याग्रह अजेय हुन्छ

आदरणीय श्री अन्ना हजारेजी
मेरो अन्तरहृदय र अन्तस्करणबाट, मेरा समर्थकहरूको एउटा समूह र शुभचिन्तक नेपाली नागरिक सहित, लोकपाल र लोकायुक्तहरूको नियुक्तिको माग गर्दै....

सत्याग्रह अजेय हुन्छ

आदरणीय श्री अन्ना हजारेजी
मेरो अन्तरहृदय र अन्तस्करणबाट, मेरा समर्थकहरूको एउटा समूह र शुभचिन्तक नेपाली नागरिक सहित, लोकपाल र लोकायुक्तहरूको नियुक्तिको माग गर्दै जनवरी ३०, २०१९ देखि आमरण अनशनसहित शुरू गरिएको तपाईंको “जनआन्दोलन सत्याग्रह” प्रति म ऐक्यबद्धता र शुभकामना व्यक्त गर्न चाहन्छु ।

सन् २०११ मा जनलोकपाल आन्दोलनको रूपमा शुरू भएको तपाईंको सत्याग्रहले भ्रष्टाचारको आरोपमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूलाई कारवाही गर्नसक्ने लोकपाल र लोकायुक्त ऐन २०१३ सफलतापूर्वक घोषणा ग¥यो । ऐन घोषणा गर्न तपाईंको सत्याग्रहको विशाल सफलताका बावजुद, लोकपाल र लोकायुक्तको नियुक्ति नभई ऐन क्रियाशील भएन । त्यसैले, लोकपाल र लोकायुक्तको नियुक्तिका लागि तपाईंले गर्नुभएको माग, भ्रष्टाचारविरूद्धको लडाइँका निम्ति भारतमा मात्रै नभएर नेपालमा रहेका हामीजस्तालाई समेत उत्प्रेरित गर्न अत्यन्तै महत्वपूर्ण र बहुमुल्य छ ।

भ्रष्टाचार आज, सामाजिक शान्ति, एकता, प्रगति, समता, र जनताको प्रतिष्ठा खण्डित गर्ने खराब शासनको–कुशासनको एउटा मूल कारण र आसेपासे पुँजीवाद ( क्रोनी क्यापिटलिजम) को श्रोत बनेको छ । जब भ्रष्टहरूले राजनीतिक शक्ति कब्जा गर्छन् र उनीहरूको कोरा लोभका लागि राज्यको संयन्त्र दुरूपयोग गर्छन्, भ्रष्टाचार विरूद्धको लडाइँले जुुनसुकै राजनीतिक र वैचारिक आस्था वा पूर्वाग्रहभन्दा पर र माथि रहेर नागरिक एकताको माग गर्दछ । तपाईंको सत्याग्रहले विश्वभरिका लाखौं जनतालाई भ्रष्टाचार विरूद्ध लड्न उत्प्रेरित गरेको तथ्यलाई म अत्यधिक प्रशंसा गर्दछु ।

Hardik ivf

लोकतान्त्रिक सरकारलाई जनता र विधिको शासनप्रति उत्तरदायी बनाउने नागरिक कर्तव्य र जिम्मेवारीमा विश्वास गर्दै, मेरा समर्थक र शुभचिन्तक नेपाली जनताको ऐक्यबद्धतासहित, झण्डै ७ वर्षअघि मेले सत्याग्रह शुरू गरें । तपाईंजस्तै, म पनि सत्याग्रह नै सत्यको खोजी र स्थापना गर्ने शान्तिपूर्ण माध्यम भएको विश्वास गर्दछु । तथापि, भ्रष्टाचार विरूद्ध लड्नु र सत्यको आवाज स्थापना गर्नु चुनौतिपूर्ण मात्रै नभएर कठिन पनि हुन्छ भन्ने मैले बुझेको छु । सात वर्षदेखि, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारसँगै शुरू भएको भ्रष्टाचार र कुशासन विरूद्ध हाम्रो लडाइँ निरन्तर जारी छ, अभैm सकिएको छैन । यस क्रममा, हामीले पनि एक जना भ्रष्ट र तानाशाही लोकपाल प्रमुख (अख्तियार दुरूपयोग अनुसन्धान आयोग) र प्रधान न्यायाधिश विरूद्ध संघर्षपूर्ण यात्रा गरेका छौं, जसले चिकित्सा शिक्षा क्षेत्र र स्वास्थ्य सेवाहरूलाई जनताको सेवाभन्दा पनि एउटा नाफामुखी व्यवसाय बनाउने चिकित्सा क्षेत्रका माफिया–मेडिकल माफिया र भ्रष्टहरूलाई संरक्षण दिएका थिए ।

देशले सरकारी कोषबाट उपचार गराउन विदेश जाने राजनीतिक नेता र आधारभूत औषधि र दक्ष स्वास्थ्यकर्मीको अभावबाट पीडित देशका गरिब जनताको दुर्दशा देख्यो । चिकित्सा क्षेत्रमा व्याप्त यो कष्ट र विभेद अन्त्य गर्न, हामीले एउटा राष्ट्रिय चिकित्सा शिक्षा ऐनको माग ग¥यौं । करिब दुई वर्ष अघि १४औं सत्याग्रहमा, ऐन घोषणा गर्न नेपाल सरकार सहमत भयो र संसद् स्थगित भएकाले एउटा अध्यादेश जारी ग¥यो । निर्वाचनपछि, प्रधानमन्त्री श्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले त्यसको कार्यान्वयन गर्न ढिलाइ ग¥यो र हामीले आमरण अनशनसहित १५औं सत्याग्रह शुरू गरेका थियौं । अन्ततः, संसदीय प्रक्रियाबाट एउटा ऐन ल्याउन ओली सरकार सहमत भयो । ओली सरकारले उक्त विधेयक संसदमा टेबल गर्दा, १५औं सत्याग्रहको क्रममा सहमति गरिएका सुधार सम्बन्धि महत्वपूर्ण एजेन्डाहरू तोडमोड गरियो, जसले हामीलाई १६औं सत्याग्रह शुरू गर्न बाध्य बनायो ।

सहमति भए अनुसार र प्रधानमन्त्री ओलीले हामीसँग गरेको प्रतिबद्धता अनुरूप ऐन ल्याउन माग गर्दै जनवरी ९, २०१९ देखि १६औं सत्याग्रह शुरू भयो । १५औं सत्याग्रहको क्रममा गरिएका सहमति बेवास्ता गर्दै संसद्ले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक (तल्लो सदनबाट जनवरी २६ मा र माथिल्लो सदनबाट जनवरी ३१ मा) पारित गरेको छ । गैरजिम्मेवार तथा शक्ति र सत्ताको भोको सरकार, सत्यको आवाज सुन्न बाध्य नभएको र नैतिक जिम्मेवारी वहन गर्न असक्षम भएको १६औं सत्याग्रहले प्रष्ट पारेको छ । जब एउटा सरकारले नियोजित रूपमा संवाद, सहिष्णुता, र वचनबद्धता लगायत लोकतन्त्रको आधारभूत र न्यूनतम मुल्य एवं मान्यता अस्वीकार गर्दछ, तब एउटा सत्याग्रहीले सरकार विस्मातका साथ निर्दयी बनेको पाउँदछ । निश्चय पनि, कुनै पनि निर्दयी सरकारले सत्यको आवाज र नैतिक जिम्मेवारी वहन गर्न सक्दैन ।

परिणामस्वरूप, पूर्व प्रधान न्यायाधिश श्री सुशिला कार्की, प्रतिनिधिसभाका पूर्व सभामुख श्री दमननाथ ढुंगाना लगायत नागरिक समाजको नेतृत्व र अन्य धेरैले मेरो जीवनरक्षा गर्ने कर्तव्यबोध गरे र आमरण अनशन अन्त्य गर्न अनुरोध गरे । आमरण अनशनको २४औं दिनमा (फेब्रुअरी १, २०१९) मैले आमरण अनशन तोडें तर सत्याग्रहलाई निरन्तरता दिदैं आएको छु ।

सरल वाक्यांशमा “सत्याग्रह अजेय हुन्छ” भन्ने मेरो सिकाइ हो । म सत्याग्रहको शक्ति तथा विधिको शासन र जनताप्रति सरकारलाई उत्तरदायी बनाउने नागरिकमा विश्वास गर्दछु ।
त्यसैले, तपाईंको “जनआनदोलन सत्याग्रह” ले लोकतन्त्र बचाउन र संस्थागत गर्न सत्यको पक्षमा दृढताका साथ उभिन र भ्रष्टाचार विरूद्ध लड्न हामीलाई प्रेरित गर्ने लगायत विश्वभरी नै व्यापक सन्देश प्रसार गरेको छ ।


म, मेरो समूह र शुभचिन्तक नेपाली नागरिकसँगै, तपाईंको “जनआन्दोलन सत्याग्रह” प्रति शुभकामनासँगै गहिरो ऐक्यबद्धता रहेको दोहोर्‍याउन चाहन्छु ।

प्रा. डा. गोविन्द केसी र उनको टोली
सघन उपचार कक्ष
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौं, नेपाल

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, माघ २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?