Kathmandu Press

नायिका सुरक्षा पन्तको शब्दमा ‘बादलहरू’ गीति भिडियो रिलिज

काठमाडौँ, फागुन २७ : गायक राजकुमार गोस्वामीको स्वरमा ‘बादलहरू’ बोलको गीत रिलिज भएको छ । नेपाली टचको प्रस्तुतिमा बानेश्वरस्थित आईपेक्स मल वान सिनेमाजमा...
नायिका सुरक्षा पन्तको शब्दमा ‘बादलहरू’ गीति भिडियो रिलिज

काठमाडौं, फागुन २७ : गायक राजकुमार गोस्वामीको स्वरमा ‘बादलहरू’ बोलको गीत रिलिज भएको छ।

नेपाली टचको प्रस्तुतिमा बानेश्वरस्थित आइपेक्स मल वान सिनेमाजमा एक कार्यक्रम गरी भिडियो रिलिज गरिएको हाे।

भिडियोमा एक विकट गाउँमा बिजुली ल्याउने प्रयाससँगै पात्रहरूबीचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ। यस भिडियोलाई सांगीतिक लघु चलचित्र पनि भनिएको छ। 

गीतमा शब्द नायिका सुरक्षा पन्त र संगीत मानव सुवेदीकोे रहेको छ। भिडियोको निर्देशन सुवेदीले गरेका हुन्। गीतमा नायिका सुरक्षा पन्त, ज्ञानु जोशी, राज के गोस्वामीको अभिनय रहेको छ।

ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमाबाट उक्त गीत प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्