Kathmandu Press

यु-१८ साफ महिला च्याम्पियनसिपका लागि भारत जाने टिमको बिदाइ

काठमाडाैं, फागुन २७ : भारतमा हुने यु-१८ साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टिमको बिदाइ गरिएको छ। एन्फाले शुक्रबार एन्फा कम्पलेक्स सातदोवाटोमा आयोजित कार्यक्रमबीच...
यु-१८ साफ महिला च्याम्पियनसिपका लागि भारत जाने टिमको बिदाइ

काठमाडाैं, फागुन २७ : भारतमा हुने यु-१८ साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टिमको बिदाइ गरिएको छ। 

एन्फाले शुक्रबार एन्फा कम्पलेक्स सातदोवाटोमा आयोजित कार्यक्रमबीच नेपाल टिमको बिदार्इ गरेको हो। च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ। २३ खेलाडी र अफिसियल गरेर कुल ३० जनाको टिम शनिबार भारत प्रस्थान गर्नेछ।

प्रतियोगितामा नेपालसँग भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। जसमा नेपालले पहिलो खेल भारतसँग खेल्नेछ। सहभागि तीन टिमले एक अर्कासँग दुई दुई खेल खेल्नेछन्। जसमा शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ। तेस्रो संस्करणमा रुपमा रहेको प्रतियोगितामा नेपालले अहिलेसम्म हात पार्न नसकेको सफलता निकाल्ने लक्ष्य राखेको छ।

सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो। अघिल्लो वर्ष नेपाली टिम तेस्रो बनेको थियो।

 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्