Kathmandu Press

मेलिना र शुभमकाे ‘धाउन नमिल्ने’ सार्वजनिक

काठमाडौं, फागुन २७ : नेपाली संगीत आकाशमा आफ्नो भविष्य खोजिरहेका प्रतिभावान् गायक एवं मोडल सुभम् चाम्लिङ राईले सांगीतिक सौगात ‘धाउन नमिल्ने’ सार्वजनिक गर्नुभएको छ। यस...
मेलिना र शुभमकाे ‘धाउन नमिल्ने’ सार्वजनिक

काठमाडौं, फागुन २७ : नेपाली संगीत आकाशमा आफ्नो भविष्य खोजिरहेका प्रतिभावान् गायक एवं मोडल सुभम् चाम्लिङ राईले सांगीतिक सौगात ‘धाउन नमिल्ने’ सार्वजनिक गरेका छन्। 

यस गीतमा गायक राईलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्। गीतकार एवं गायक डिपी खनालको गीतमा शब्द, संगीत रहेको छ।

Hardik ivf

गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। मनिक राईको कोरियोग्राफी रहेको गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठको अभिनय रहेको छ।

‘म त्यता धाउन नमिल्ने’, ‘तिमी यता आउन नमिल्ने’, ‘तिम्रो यादले मुटु मेरो कुटुकुटु खान्छ’ ‘तिम्रो साथ नपाए त प्राण यसै जान्छ’ लगायत बोलका गीत भिडियोमा समेटिएको छ।

भिडियोमा अनिल रानाको सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका मेलिना राईको युट्युब च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्