जुलाई ३ मा अमेरिकाको टेक्ससमा ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने

काठमाडौं, फागुन २५ : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ ।
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराइएको हो । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन् ।
अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहन समेत गरिने भएको छ ।
प्रकाशित मिति: १९:३२ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







