Kathmandu Press

महिला दिवस हरेक दिन यसरी आओस्

महिला दिवस ८ मार्च मात्र नआओस्महिला दिवस महिलालाई मात्र पनि नआओस्महिला दिवस हरेक दिन यसरी आओस्कि महिलाले गरेको काममा पुरुषले सघाओस्पुरुषले थालेको काम...
महिला दिवस हरेक दिन यसरी आओस्

महिला दिवस ८ मार्च मात्र नआओस्
महिला दिवस महिलालाई मात्र पनि नआओस्
महिला दिवस हरेक दिन यसरी आओस्
कि महिलाले गरेको काममा पुरुषले सघाओस्
पुरुषले थालेको काम महिलाले टुंग्याओस्
महिला दिवस हरेक दिन यसरी आओस् !

श्रम महिलाको होस् वा पुरुषको
ज्याला समान होस्
र, श्रमको सम्मान होस्
छोरी, चेलीबेटी, दिदीबहिनी
र, आमामा मात्र महिला सीमित नहोस्
समाजका हरेक नारीको सम्मान र सुरक्षा
घरभित्र र बाहिर सधैँ सुनिश्चित होस्
अन्याय असमानता खालि हिजोको समाचार बनोस्
र, मलाई म महिला भएकामा सधैँ गर्व होस्
अनि, तपाईलाई महिला नभएकामा कहिल्यै पश्चाताप नहोस्
महिला दिवस हरेक दिन यसरी आओस् ।

 

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्