कबड्डीको ‘केशरी’ बोलको गीति रिलिज
काठमाडौ, फागुन २३ : कबड्डी ‘द फाइनल म्याच’ को पहिलो गीत रिलिज ‘केशरी’ भएको छ । सोमबार (आज) सुष्मा प्रोडक्सन ग्लोबल नामक युट्युब च्यानलमार्फत...काठमाडौ, फागुन २३ : कबड्डी ‘द फाइनल म्याच’ को पहिलो गीत रिलिज ‘केशरी’ भएको छ ।
सोमबार (आज) सुष्मा प्रोडक्सन ग्लोबल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा शब्दराम अबिरल विष्टको रहेको छ । यस्तै, संगीत र स्वर भने एस.डी.योगीले भरेका छन् । गीति भिडियोमा सौगात मल्ल, मेरुना मगर र दयाह्याङ राईको अभिनय देख्न सकिन्छ ।
सफल सिक्वेल चलचित्रमा पर्ने कबड्डी ‘द फाइनल म्याच’ आँउदो वैशाख २३ गते प्रदर्शनीमा आउनेछ । चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका हुन् ।
प्रकाशित मिति: १८:५३ बजे, सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







