Kathmandu Press

मेलिना राईको स्वरमा ‘मेरो माया‘ सार्वजनिक

काठमाडौं, फागुन २३ : नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर...
मेलिना राईको स्वरमा ‘मेरो माया‘ सार्वजनिक

काठमाडौं, फागुन २३ : नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ।

प्रेमील जोडीबीचको मनोभावलाई गीतमा चित्रण गरिएको छ। लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ। निसान घिमिरेको छायाँकन तथा सम्पादन र निशाल पौडेलको कोरियोग्राफी भिडियोमा रहेको छ।

‘मेरो माया‘ गीतको भिडियोमा सुशिला थापा र सुधिर श्रेष्ठको अभिनय रहेको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्