Kathmandu Press

विल्सनविक्रम र पेमा दिछेनको ‘सुपारी सुटुक्कै’ सार्वजनिक

विल्सनविक्रम र पेमा दिछेनको ‘सुपारी सुटुक्कै’ सार्वजनिक

काठमाडौं, फागुन २३ : पूर्वेली लोक लयमा तयार पारिएको बहुप्रतीक्षित गीत ‘सुपारी सुटुक्कै’ नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।

डिआर अटुको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती (राई/लिम्बू) को जनजीवनलाई चित्रण गर्दै परम्परागत लोक सभ्यतालाई देखाइएको छ। गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

Hardik ivf

द भ्वाइस अफ किड्सीकी फाइनलिस्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले भरेका छन्। गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन्। लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बूले लगानी गरेकी हुन्।

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन्। गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङ, प्रिया लिम्बूले पनि साथ दिएका छन्।

यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् यसैगरी क्यामेरा बुद्ध थापाले घुमाएका छन्।

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्