Kathmandu Press

कमल थापालाई आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि

काठमाडौं, असोज ८ : पोखरमा भएको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्।

उनले ५५ वर्ष उमेर समूहको एकल प्रतिस्पर्धामा भा....

कमल थापालाई आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि

काठमाडौं, असोज ८ : पोखरमा भएको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्।

उनले ५५ वर्ष उमेर समूहको एकल प्रतिस्पर्धामा भारतीय खेलाडी सञ्जय कुमारलाई ६–३ र ६–२ को सोझो टेटमा पराजित गर्दै उपाधि जितेका हुन।

त्यस्तै, ५५ वर्ष उमेर समूहको संयुक्त प्रतिस्पर्धामा पनि राप्रपा अध्यक्ष थापाको जोडी विजयी बनेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

प्रतियोगितामा कमल थापा र झम्पा धोन्दुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करीममूलाको जोडीलाई सूपर टाईब्रेकरमा पराजित गरेको हो।

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, असोज ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्