Kathmandu Press

‘मेरो यो आँसु’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, फागुन २२ : गिरी विश्वकर्मा र रजिना अर्याल अभिनित ‘मेरो यो आँसु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।मोहन चाम्लिङको निर्देशनमा बनेका भिडियोमा...
‘मेरो यो आँसु’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, फागुन २२ : गिरी विश्वकर्मा र रजिना अर्याल अभिनित ‘मेरो यो आँसु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मोहन चाम्लिङको निर्देशनमा बनेका भिडियोमा कलाकारहरु थमानसिंह पुर्जा पुन, विष्णु ठकुरी रसुशान्त गजुरेललाई पनि देख्न सकिन्छ।

भक्तपुरको गुन्डु लगायत स्थानमा सो भिडियोको छायांकन गरिएको हो। सुधाकर संगीतको संगीत र ईश्वरी सिंहको शब्द, मनोज चौलागाईंको एरेन्ज रहेको गीतमा कौशलराज खड्काको स्वर रहेको छ।

भिडियाेमा यमुना आचार्यको मेकअप, टुकछनको छायांकन र सम्पादन रहेको छ भने कुमार गजुरेल क्रियटिभ डिरेक्टर रहेका छन्। उक्त म्यूजिक भिडियोलाई कुमार गजुरेल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्