Kathmandu Press

महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

काठमाडौं, फागुन २२ : शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय,...
महाकाव्य ‘विश्रान्त’ सार्वजनिक
Hardik ivf

काठमाडौं, फागुन २२ : शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली, साहित्यकारहरू महेश पौड्याल र शैलेन्द्र अधिकारीले उक्त कृतिको शनिबार लोकार्पण गरेका हुन्। 

सदस्यसचिव उपाध्यायले नेपाली राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादी चरित्रलई कृतिले प्रश्न उठाउँदै प्रहार गरेको र विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको बताए। समालोचक डा ज्ञवालीले कृतिले राजनीतिक सङ्घर्षको अभिलेखन गरेको जनाए।  

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्