‘आधा खुसी’को ट्रेलर सार्वजनिक
काठमाडाैं, फागुन २० : टेलिचलचित्र ‘आशा खुसी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर मुभिजको युट्युब च्यालनमार्फत शुक्रबार सर्वाजनिक भएको छ।आधा खुसीमा चर्चित अभिनेता...
काठमाडाैं, फागुन २० : टेलिचलचित्र ‘आशा खुसी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर मुभिजको युट्युब च्यालनमार्फत शुक्रबार सर्वाजनिक भएको छ।
आधा खुसीमा चर्चित अभिनेता सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, सुष्मा कार्की, निभा अधिकारी, भाबु लम्साल, दिनेश लामिछाने, तेज गिरी, राजकुमार फुयाँलसँगै बालकलाकारद्वय आयुश भारद्वाज र मौसुफ भारद्वाजलगायतको अभिनय छ।
टेलिचलचित्र ‘आधा खुसी’लाई धनश्याम लामिछानेले निर्देशकन गरेका छन्। लामिछानेले यसअघि पञ्चेवाचा, धौली, अग्निदहलनलगायत फिल्म निर्देशकन गरेका छन्।
कलाकार प्रज्ञा जोशीले निर्माण गरेको टेलिचलचित्रलाई चर्चित स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले लेखेका हुन्। भारद्वाजलाई स्क्रिप्ट लेखनमा सबु सुवेदीले सघाएकी छन्।
हरि लामा घलेले खिचेको टेलिचलचित्रमा संगीत विकाश चौधरीले गरेका छन् भने प्रविशा अधिकारी र संघर्ष सट्टा कृष्णले स्वर दिएका छन्। टेलिचलचित्रको सम्पाद मिलन श्रेष्ठले गरेका छन्।




-1755950009.png)







