युवराजले ल्याए 'छुटेपछि त छुट्यो छुट्यो'
काठमाडाैं, फागुन २० : गायक युवराज चौलागाईंले नयाँ गीत बजारमा ल्याएका छन्। चौलागाईंले आफ्नै युट्युब च्यालनमार्फत शुक्रबार नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’...
काठमाडाैं, फागुन २० : गायक युवराज चौलागाईंले नयाँ गीत बजारमा ल्याएका छन्। चौलागाईंले आफ्नै युट्युब च्यालनमार्फत शुक्रबार नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ बजारमा ल्याएका हुन्।
गीतमा चौलागाईंलाई अनुस्का पाठकले साथ दिएकी छिन्। दीपिका रिमाल थापाले लेखेको गीतमा संगीत गायक चौलागाईंकै छ । गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ।
वरिष्ठ सञ्चारकर्मी भुषण दाहालले निर्देशन गरेका भिडियोमा गायक युवराज चौलागाईं र अञ्जली अधिकारीले अभिनय गरेका छन्। भिडियो कुमार कटुवालले खिचेका हुने भने उनलाई क्यामरामा प्रकाश गोपाली र कौशल उप्रेतीले साथ दिएका छन्। भिडियो सम्पादन पदम तिमल्सिनाले गरेका हुन्।
प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







