Kathmandu Press

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक (भिडियो) 

काठमाडौं, फागुन १९  : गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको...
प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक (भिडियो) 

काठमाडौं, फागुन १९  : गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । 

डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।  ‘अचार तिलैको’ बोलको गीतको भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । 

Hardik ivf

म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय देख्न सकिन्छ । शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । 

म्यूजिक भिडियोलाई छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् । गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी छन् ।

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्