नेपाललाई हराउँदै भारतले जित्यो स्ट्यान्डिङ क्रिकेटको श्रृंखला
काठमाडौं, असोज ७ : अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट श्रृंंखलाको उपाधि भारतले जितेको छ।
मंगलबार भएको खेलमा घरेलु टोली नेपालल....

काठमाडौं, असोज ७ : अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट श्रृंंखलाको उपाधि भारतले जितेको छ।
मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको श्रृंंखला ३–० ले जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनायो। भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले।
नेपालका तबरेज अन्सारीले तीन विकेट हात पारे। पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो।
एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा अलआउट हुँदै एक सय २७ रनमै समेटियो। नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए।
प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज र म्यान अफ दी दुवै घोषित भए। यस्तै, बेस्ट ब्याट्सम्यान भारतीय कप्तान यादयुन्दर सिंह खेरा, बेस्ट बलर नेपालका तबरेज अन्सारी, बेस्ट विकेटकिपर भारतका तबरेज र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए।
विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कार प्रदान गरेका थिए।











