Kathmandu Press

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

हेटौंडा, फागुन १९ : साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य...
भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

हेटौंडा, फागुन १९ : साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज (बिहीबार) हेटौंडामा प्रदान गरिएको छ।

भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि रु २१ हजार १११ रहेको छ। सो साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा कृति प्रकाशित भइसकेको छ। सो अवसरमा मकवानपुरका कवि मीनप्रसाद लामिछानेको हास्यव्यङ्ग्य कविता सङ्ग्रह पनि विमोचन गरिएको थियो।

हेटौंडास्थित पुष्पलाल पुस्तकालयमा भएको सो कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको थियो।

सो अवसरमा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, सर्जक सञ्जालका अध्यक्ष निमेख निखिल र कार्यक्रम समीक्षक घनश्याम घिमिरेले स्व भैरव अर्यालको व्यक्तित्व र कृतिबारे समीक्षा गरेका थिए। कार्यक्रममा स्व अर्यालको प्रतिमामा माल्यापर्ण गरिएको थियो।

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्