प्रभासको ‘राधेश्याम’ मार्च १२ मा रिलिज हुँदै
काठमाडाैं, फागुन १७ : बहुप्रतीक्षित चलचित्र ‘राधेश्याम’ को दोस्रो ट्रेलर रिलिज भएको छ। मार्च २ मा रिलिज भएको ट्रेलर करिब एक मिनेट आठ सेकेन्डको छ।बाहुबली...
काठमाडाैं, फागुन १७ : बहुप्रतीक्षित चलचित्र ‘राधेश्याम’ को दोस्रो ट्रेलर रिलिज भएको छ। मार्च २ मा रिलिज भएको ट्रेलर करिब एक मिनेट आठ सेकेन्डको छ।
बाहुबली फेम अभिनेता प्रभास र अभिनेत्री पूजा हेगडेको चलचित्रमा प्रमुख भूमिका रहेको छ। चलचित्र आउँदा मार्च ११ मा रिलिज हुने भएको छ।
तेलेगु चलचित्रलाई हिन्दी भाषामा पनि डब गरिएको छ। करिब एक मिनेट आठ सेकेन्डको टे«लरमा प्रभास हात पढ्ने सक्ने ज्योतिष (पामिस्ट) का रूपमा देखिएका छन्। प्रेम कथानक यस चलचित्रमा एक्सन पनि दमदार देखिएको छ।
बुहप्रतीक्षित यस चलचित्रले दर्शकको कस्तो साथ पाउने हो त्यो भने चलचित्र रिलिज भए पछि नै थाहा हुनेछ। यस अघि गत जनवरी १४ मा रिलिज हुने भनिएको यस चलचित्र भारतमा फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण धकेलिएको थियो।
चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन् भने चलचित्र निर्माणमा भूषण कुमार, बाम्सी र प्रमोदको संयुक्त लगानी रहेको छ।




-1755950009.png)







