Kathmandu Press

आर्ट काउन्सिलमा ‘काठमाडौं ट्रिनाले–२०७७’ को औपचारिक उद्घाटन 

काठमाडौं, फागुन १८ : काठमाडौं ट्रिनाले–२०७७ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। बुधबार नेपाल आर्ट काउन्सिलमा दोस्रो औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।यस अघि...
आर्ट काउन्सिलमा ‘काठमाडौं ट्रिनाले–२०७७’ को औपचारिक उद्घाटन 

काठमाडौं, फागुन १८ : काठमाडौं ट्रिनाले–२०७७ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। बुधबार नेपाल आर्ट काउन्सिलमा दोस्रो औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

यस अघि मंगलबार (हिजो) पाटन संग्रहालयमा काठमाडाैं ट्रिनालेको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटनको पहिलो दिन प्रमुख अतिथि नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री प्रेम बहादुर आलेले यस प्रकारको सांस्कृति प्रवर्दन हुने कला प्रदर्शनीमा सहआयोजक हुन पाउँदा उत्साही भएको बताए । 

Hardik ivf

काठमाडौै ट्रिनालेकी संस्थापक तथा निर्देशक संगीता थापाले उपस्थित प्रमुख अतिथि, विभिन्न देशका कलाकार, आयोजक, सहयोगी प्रायोजक तथा सहभागीलाई स्वागत गरिन् । प्रदर्शनी पाटन संग्रहालयसहित तारागाँउ संग्रहालय, बसन्तपुरस्थित गद्धी बैठक, सिद्धार्थ आर्ट ग्यालरी र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानमा प्रदर्शनी भइरहेको छ । 

पहिलो दिन पाटन संग्रहालय तथा सिद्धार्थ आर्ट ग्यालरीमा भएको पहिलो औपचारिक उद्घाटन पश्चात दोस्रो दिन आज नेपाल आर्ट काउन्सिलमा उद्घाटन गरिएको हो । यस बाहेक अन्य स्थानहरुमा पनि उद्घाटन गर्ने तयारी रहेको आयोजकले जानकारी दिएको छ।

 

करिब ४० देशका १३० कलाकारका तीन सयभन्दा बढी कलाकृति काठमाडाँैका पाँच फरकफरक स्थानमा प्रदर्शनका लागि राखिएको छ । 

काठमाडौं ट्रिनाले–२०७७ भौतिक रुपमा मंगलबारबाट सुरु भएको हो ।  भर्चुअल रुपमा भने गत फेब्रुअरी ११ बाट सुरु नै भएको थियो । भौतिक रुपमा मंगलबारबाट संचालनमा आएको उक्त ट्रिनाले फागुन १७ गतेदेखि चैत १७ गतेसम्म संचालन हुनेछ । 

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्