Kathmandu Press

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि २१ सम्म

काठमाडाैं, फागुन १६ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ।आयोजक निफले सोमबार काठमाडौंमा...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि २१ सम्म

काठमाडाैं, फागुन १६ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ।

आयोजक निफले सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै चैत्र १० गते हुने भनिएको महोत्सव चैत्र १७ गतेबाट हुने जानकारी दिएको हो। महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।

यस वर्षको निफमा ३८ देशका ८९ फिल्महरुबिच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधामा १४ वटा पुरस्कार दिइने पाठकले बताए।

‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ। यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचास हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष पाठकले बताए।

गत वर्ष कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना भएको निफ यसवर्ष राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमै सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्