खनिज उद्योगमा पहिरो जाँदा एकको मृत्यु, दुई घाइते
काभ्रे, फागुन १६ : काभ्रेको बनेपा नगरपालिका १४ स्थित आशापुरी खनिज उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते...
काभ्रे, फागुन १६ : काभ्रेको बनेपा नगरपालिका १४ स्थित आशापुरी खनिज उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्काभेटरले ढुंगा निकाल्दै गर्दा पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी टिपर चालक रामेछापको दोरम्बा गाउँपालिकाका ३२ वर्षीय श्याम मगरको मृत्यु भएको छ।
श्यामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। उनी टिपरसहित पहिरोमा च्यापिएका थिए।
त्यस्तै, पहिरोमा च्यापिएर समीर तामाङ र अर्जुन सार्की घाइते भएका छन्। दुवै जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
पहिरोमा दुई वटा स्काभेटर, चार वटा टिपर पुरिएका छन्। पुरिएका स्काभेटर र टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०६:३५ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)