अभिनेता पल शाह पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले पल पक्राउ परेको पुष्टि गरेका छन्।
काठमाडौं, फागुन १५ : अभिनेता पल शाह पक्राउ परेका छन् ।
आइतबार पल आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले पल पक्राउ परेको पुष्टि गरेका छन्।
‘अहिले उहाँ हामीसँगै हुनुहुन्छ, प्रहरीले बाँकी प्रकृया पुर्याएर अनुसन्धान गर्छ,’डिएसपी खड्काले काठमाडौं प्रेससँग भने।
पक्राउ परेका शाहलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गराई प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाउने डिएसपी खड्काले बताए। यसअघि आइतबार नै पलले सामाजिक सञ्जालमार्फत आफू प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी दिएका थिए।
एक गायिकाले पलमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी दिएपछि पलविरुद्ध जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको थियो।
पलले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरुले गायिकालाई उचालेर आफूविरुद्ध प्रयोग गरेको अभिव्यक्ति दिँदै आएका छन्।




-1755950009.png)







