Kathmandu Press

लप्पन छप्पन-२ को प्रचारका लागि शक्ति अस्ट्रेलियाबाट नेपाल आउँदै 

काठमाडौं, फागुन १४ : लप्पन छप्पन-२ को प्रदर्शन मिति नजिकैएसँगै अस्ट्रेलियामा रहेका नायक शक्ति श्रेष्ठ फिल्मको प्रचारका लागि नेपाल आउन लागेका छन्।फिल्म रिलिजकै...
लप्पन छप्पन-२ को प्रचारका लागि शक्ति अस्ट्रेलियाबाट नेपाल आउँदै 

काठमाडौं, फागुन १४ : लप्पन छप्पन-२ को प्रदर्शन मिति नजिकैएसँगै अस्ट्रेलियामा रहेका नायक शक्ति श्रेष्ठ फिल्मको प्रचारका लागि नेपाल आउन लागेका छन्।

फिल्म रिलिजकै लागि अस्ट्रेलियादेखि नेपाल आउने शक्तिको निर्णयले उनले लप्पन छप्पन २ बाट राम्रै आशा राखेको बुझिन्छ ।

सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, एन्जल श्रेष्ठ लगायत मल्टीस्टार रहेको फिल्मको ट्रेलरमा शक्तिलाई विशेष स्थान नदिए पनि उनले फिल्मको प्रचारमा देखिएको सक्रियताले फिल्मभित्र शक्तिको राम्रो भूमिका भएको आकलन गर्न सकिन्छ।

शक्तिले आफ्नै बाबु एक्सन नायक शिव श्रेष्ठले बनाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यु गरेका थिए। करिश्मा मानन्धरकी छोरी कवितासँगै स्क्रिन सेयर गरेका शक्तिले फिल्ममा आशा गरे अनुसार फिल्म निर्माण नभएकाले प्रदर्शनका बेला सामाजिक सन्जालमा समेत फिल्मको प्रचार गरेका थिएनन्। 

कोरोना कहर अगाडि नै निर्माण भएर प्रदर्शन रोकिएको फिल्मको निर्देश मुकुन्द भट्टले गरेका हुन्।

याे चलचित्र यही फागुन २० गते रिलिज हुँदैछ।

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्