फागुन २७मा आकाशे खेती
काठमाडौं, फागुन १४ : फिल्म आकाशे खेती फागुन अन्तिम साताबाट प्रदर्शन आउने भएको छ । फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्दै फिल्म प्रदर्शन...
काठमाडौं, फागुन १४ : फिल्म आकाशे खेती फागुन अन्तिम साताबाट प्रदर्शन आउने भएको छ । फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्दै फिल्म प्रदर्शन मिति फागुन २७का लागि तोकेको हो ।
उदय सुब्बाले निर्देशन गरेको फिल्ममा मेहनत नै नगरी पैसा कमाउन चाहने युवाहरूको कथालाई समेटिएको छ।
आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सनबिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु , शिशिर वाङ्देल, स्व.जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङलगायतको अभिनय छ।
एसएस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मलाई केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङवाङ र दिलप्रकाश याक्सोले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रलाई विक्रम डिसीले खिचेका हुन् भने द्वन्द्व राजु किराँतीको छ। फिल्म निर्देशक उदय सुब्बाले नै लेखेका हुन्।
हेर्नुस् ट्रेलर




-1755950009.png)







