क्लाइमेक्स खिच्न लाखे टिम मुस्ताङमा
काठमाडौं, फागुन १४ : फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायाँकनका लागि निर्माण युनिट मुस्ताङ पुगेको हो ।मुस्ताङको कागबेनीलगायत विभिन्न...
काठमाडौं, फागुन १४ : फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायाँकनका लागि निर्माण युनिट मुस्ताङ पुगेको हो ।
मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायाँकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए ।
सौगात मल्ल, अनुपबिक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेको निर्माता ठकुरीले जानकराी दिए । उनका अनुसार अभिनेत्री वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत कलाकार भने केही दिनमा मुस्ताङ पुग्नेछन्।
फिल्म सम्राट बस्नेतले निर्देशन गरिरहेका छन् । फिल्मको निर्मातामा सिजन अर्याल छन्। फिल्मको कथा पनि उनैले लेखेका हुन् । फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौंमा केही दिन छायांकन हुने निर्माण युनिटले जानकारी दियो ।




-1755950009.png)







