पल अभिनित ‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा
काठमाडौं, फागुन १३ : वहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र...
काठमाडौं, फागुन १३ : वहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ ।
पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ रिलिज भएको हो ।
कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएतापनि सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रका मुख्य कलाकार पल शाह विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिडेका छैनन् ।
यसको असर सिनेमा घरमा कतिको पर्ला भनेर हेर्न भने बाँकी नै छ ।
प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












