राष्ट्रिय नाचघरमा पार्थिव शरीर राखेर जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली
काठमाडौं, फागुन १२ : वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ।श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरीरलाई आज (बिहीबार) राष्ट्रिय नाचघर जमलमा राखिएको...
काठमाडौं, फागुन १२ : वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ।
श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरीरलाई आज (बिहीबार) राष्ट्रिय नाचघर जमलमा राखिएको थियो। संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुकलगायत आफन्तहरुले लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भूमिकाको स्मरण गरे।
बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडिबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएको थिए।




प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)