Kathmandu Press

नायक पलले गाडीमा समेत दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख (पूर्णपाठ)

काठमाडौं, फागुन ११ : नायक पल शाहविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा दिएको जाहेरीमा गाडीमा समेत दुर्व्यवहार गरेको उल्लेख गरिएको छ । गत माघमा जिल्ला...
नायक पलले गाडीमा समेत दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख (पूर्णपाठ)

काठमाडौं, फागुन ११ : नायक पल शाहविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा दिएको जाहेरीमा गाडीमा समेत दुर्व्यवहार गरेको उल्लेख गरिएको छ । 

गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गर्न खोजेपनि घटना तनहुँमा भएकोले तनहुँमा जाहेरी दर्ता गरिएको बुझिएको छ ।

जाहेरीमा विगतमा भेटघाट भई फेसबुक आइडी र मोबाइल नम्बर आदान प्रदान भएको, बाग्लुङ गलकोट गएकोमा गाडीमा एउटै सिटमा बसी बालयौन दुरुपयोग गरेको, तनहुँमा १४ वैशाख २०७८ मा रक्सी सेवन गरी ११ बजे कोठा खोल्न लगाई जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । 

Hardik ivf

त्यसपछि विभिन्न समयमा होटलहरुमा लगी ललाइफकाई करणी गरेको जाहेरीमा उल्लेख छ ।

पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरित कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी ऐसंहिताको दफा २२८ बमोजिम पीडित गायिकालाई उचित क्षतिपूर्तिको माग गरिएको छ । 

जाहेरी:

म जाहेरीवाला परिवर्तिन जिल्ला ३९ अन्तर्गत सानो कृषि पेशा व्यवसाय गरी श्रीमती, छोरा छोरीसहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्ष १६ की परिवर्तित नाम थर व्यास १२ विगत ३ वर्ष देखि गायन क्षेत्रमा ख्याती कमाई स्वर राम्रो भएको कारण सामाजिक सञ्जालहरुमा समेत चर्चित भई इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छिन् । यसै क्रममा विभिन्न राष्ट्रिय कलाकारहरुसँग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् । विगत अन्दाजी ३ महिना अगाडि देखि छोरी गीत संगितमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले छोरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैराश्यता देखेपछि उनलाई निकै अनुरोध पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार प्रकरण नं ३ मा उल्लेखित नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण विक्रम शाह पल शाह सँग मिति २०७७।०६।२२ गते काठमाडौंमा पिलु वर भन्ने बोलेको गीतको भिडियो सुटिङ गर्ने क्रममा पहिलो पटक भेटघाट भई फेसबुक आइडी र फोन नं समेत आदान प्रदान भएको रहेछ, क्रमिक रुपमा नाबालक छोरीसँग भेट हुँदा  निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।

निज प्रतिवादीले यस भन्दा पहिले पनि मिति २०७७।०९।१० गते पोखरा स्थित प्राइममा र मिति २०७७।१२।०७ गते चितवनस्थित गैंडाकोट रिसोर्टमा पटक पटक जर्बजस्ती करणी गरेको हुँदा यसरी मेरी नावालिका छोरी लाई माया प्रेम गरेको, विभिन्न गीतहरुको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहाना समेत गरी माया प्रेमको झुठा नाटक गरी जवर्जस्ती करणी गर्ने निज पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरित कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी ऐ.संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति समेत दिलाई भराई पाउँ ।


 

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्