Kathmandu Press

जयनन्द लामाको निधनमा कला र संगीत क्षेत्रका व्यक्तित्वको श्रद्धाञ्जली

काठमाडौं, फागुन ११ : विभिन्न क्षेत्रका व्यक्तित्वले सामाजिक सञ्जालमार्फत गायक जयनन्द लामाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।संगीतकार बुलु मुकारुङ, संगीतकार बिबी अनुरागी, कलाकार दीपकराज...
जयनन्द लामाको निधनमा कला र संगीत क्षेत्रका व्यक्तित्वको श्रद्धाञ्जली

काठमाडौं, फागुन ११ : विभिन्न क्षेत्रका व्यक्तित्वले सामाजिक सञ्जालमार्फत गायक जयनन्द लामाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

संगीतकार बुलु मुकारुङ, संगीतकार बिबी अनुरागी, कलाकार दीपकराज गिरी, कलाकार रविन्द्र खड्का, लेखक प्रदीप भारद्वाज, कलाकार छुल्ठिम गुरुङ, कलाकार वर्षा राउत, लोकगायक तुलसी पराजुली, कलाकार श्वेता खड्का, चलचित्र निर्देशक दीपेन्द्र लामा, कलाकार केकी अधिकारी, गायक शिव परियार लगायतले सामाजिक सञ्जालमा कलाकार जयनन्द लामाको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार लामाको असामयिक निधनपछि नेपाली संगीत, कलाकारिता क्षेत्रका व्यक्तिसँगै संगीत र कला पारखी स्तब्ध भएका छन् ।  वरिष्ठ संगीतकार बुलु मुकारुङले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘टेकबहादुर लामा तथा साइली लामाका सन्तानका रूपमा जन्मेका जयनन्द लामा (२०१३ वैशाख २ – २०७८ फागुन १०) सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौं आई २०२७ सालदेखि रेडियो नेपालमा लोकगीत गाउन थालेका हुन् ।

Hardik ivf

यसो त उनलाई बाह्रबिसे बजार पुग्दा संस्कृतिविद् भैरवबहादुर थापाले एउटा प्रतिभाशाली बालक देखेपछि उपत्यका भित्र्याएका थिए । जतिबेला भैरव नृत्य दल जस्तो चर्चित तथा स्थापित नृत्यदल देश–विदेश जान थालिसकेको थियो । काठमाडौं उपत्यकाको संघर्षले उनलाई लोकगीत गायनका साथै अभिनय, नृत्य, नेपाली चलचित्र निर्देशक तथा निर्माता, संगीत सम्बन्धी लेखक, शिक्षक अनि व्यंग्यकारको भूमिका नगरी नहुने तुल्याएको थियो ।’

निर्देशक दीपेन्द्र लामा जयनन्दसँगको भेट सम्झेर भावुक बनेका छन् । उनले लेखेका छन्, ‘फागुन ५ गते र हिजो १० गते जयनन्द दाइसँग भेट भएको थियो । ती भेटहरुमा मेरा ठूलोबा चम्पक लामा, पाण्डव सुनुवार, चेतन कार्की, पूर्वएसपी रूपकुमार मोक्तान र श्रीकृष्ण श्रेष्ठका बारेमा धेरै कुराकानी भयो । ... चैतमा छायांकन सुरु गर्न लागिएको मेरो फिल्म ‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा उहाँ हुनुहुन्थ्यो । अरु ३–४ वटा फिल्मको कामले गर्दा व्यस्त उहाँ भन्दै हुनुहुन्थ्यो— ‘तपाईंको फिल्मबाट मलाई छिट्टै फ्री गरिदिनुस् है । बरु, मलाई क्लाइमेक्स सिनमा नराख्नुस् । ...उहाँको प्रस्थान अकल्पनीय लागिरहेको छ ।’

कलाकार स्व. जयनन्द लामाले ललितकला क्याम्पसबाट संगीतमा स्नातक र इलाहावादबाट स्नातकोत्तर गरेको, त्रिविमा करिब ४ वर्ष एमम्युजका विद्यार्थीलाई समेत पढाएको निर्देशक दिपेन्द्रले जानकारी दिए । 

यस्तै, कलाकार दीपकराज गिरीले फेसबुकमा लेखेका छन्, ‘ज्वाइँले बहिनी कुटेछ ! राम्रो, असाध्यै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको यस्ता थुप्रै लोकप्रिय संवादले म उहाँलाई सम्झिरहन्थे, सम्झिरहनेछु ! हरेक भेटमा दीपकभाइ गायकका रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले मलाई घरघरमा पु¥यायो– उहाँ खुसी हँुदै भन्ने गर्नुहुन्थ्यो ! ...छक्कापन्जा ४ मा दाइसँग काम गर्ने सपना अधुरै रह्यो । संसारको यो तीतो यथार्थलाई नचाहेर पनि स्विकार्नै पर्दो रहेछ ।’

यस्तै, लोकगायक तुलसी पराजुली पनि जयनन्दको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पत्याउनै सकिनँ दाजु, मर्निङवाकमा हिँडिरहेको, अस्तिसम्म भेटेको, बिरामी भएको पनि सुनिएन, अचानक निधनको समाचारले निशब्द बनायो, एउटा सूचना सन्देशका लागि हजुरको रोलमा लय संग्रौला दाइ स्क्रिप्ट बनाइरहनुभएको थियो, अलबिदा जयनन्द लामा दाजु ! स्वर्गमा बास होस् ।’

यस्तै, नायिका छुल्ठिम गुरुङ लेख्छिन्, ‘हार्दिक श्रद्धाञ्जली !! ...अप्रत्यासित र अपत्यारिलो खबरले स्तब्ध छु । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्ति र परिवारजनमा धैर्यधारण गर्ने शक्तिका लागि श्री भगवान् बुद्धसँग प्रार्थना गर्दछु ।’
 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्