Kathmandu Press

‘वीरग्रन्थ’ प्रकाशनको तयारी

भादगाउँ, फागुन ११ : वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थद्वारा लिखित ‘वीरग्रन्थ’ नामक ग्रन्थ प्रकाशनको अन्तिम चरणमा पुगेको छ।सुवर्णस्मृति परिषद्ले प्रकाशनमा ल्याउन लागेको सो ग्रन्थमा प्रजातान्त्रिक...
‘वीरग्रन्थ’ प्रकाशनको तयारी

भादगाउँ, फागुन ११ : वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थद्वारा लिखित ‘वीरग्रन्थ’ नामक ग्रन्थ प्रकाशनको अन्तिम चरणमा पुगेको छ।

सुवर्णस्मृति परिषद्ले प्रकाशनमा ल्याउन लागेको सो ग्रन्थमा प्रजातान्त्रिक आन्दोलनका ६० सहिद तथा वीर वीरंगनाको जीवनी समावेश गरिएको छ।

वीरग्रन्थ तयार गर्न चार वर्ष लागेको उनले जानकारी दिए। सो ग्रन्थ उनको १४औं कृति हो। लेखक कायस्थले पछिल्लो समय ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला’ पुस्तक सार्वजनिक भएको थियो।

यसअघि उहाँका नेपाल भाषाका ‘योमरी’ (उक्ति सङ्ग्रह), ‘नुगः जः’ (निबन्ध सङ्ग्रह), ‘वयागु हाथ्या’ (कथा सङ्ग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘उत्सर्ग’ (कविता सङ्ग्रह), ‘कमला’ (कथा सङ्ग्रह) प्रकाशन भइसकेका छन्।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्