मेगा बैंकले एकैदिन खोल्यो १८ शाखा
काठमाडौं, माघ २१ : मेगा बैंकले एकैदिन १८ वटा शाखा विस्तार गरेको छ । चार नगरपालिका र १४ गाउँपालिकामा विस्तारित १८ नयाँ शाखाको आईतबार एकैदिन उद्घा....

काठमाडौं, माघ २१ : मेगा बैंकले एकैदिन १८ वटा शाखा विस्तार गरेको छ । चार नगरपालिका र १४ गाउँपालिकामा विस्तारित १८ नयाँ शाखाको आईतबार एकैदिन उद्घाटन गरिएको हो ।
तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट नगरपालिकामा मेगाले औपचारिक कारोबार थालेको हो ।
त्यस्तै, धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा र प्युठानको ऐरावती गाउँपालिकामा पनि शाखा खोलेको हो ।
बैंकका देशभर एकसय दुई शाखा, १९ एक्सटेन्सन काउन्टर, ८५ एटीएमको सञ्जाल, एकसय १९ शाखारहित केन्द्रहरु र दुई हजार तीनसभन्दा बढि मेगा रेमिट एजेन्ट छन् ।










-1754206481.jpg)