Kathmandu Press

अनमोलकाे अभिनय रहने ‘हनी बनी’ अर्को वर्ष असोज १४ मा रिलिज हुने

अनमोलकाे अभिनय रहने ‘हनी बनी’ अर्को वर्ष असोज १४ मा रिलिज हुने

काठमाडौं,  फागुन ९ : चलिचत्र ‘हनी बनी’ को प्रदर्शन मिति तय भएको छ। अनमोल केसीको मुख्य भूमिका रहने यो चलचित्रको रिलिज मिति आगामी २०७९ असोज १४ का लागि तय गरिएको हो। दसैंको अवसर पारेर सो मिति तय गरिएको हो।

निर्देशक दिवाकर भट्टराईले आज (सोमबार) सामाजिक सञ्जालमार्फत चलिचत्र प्रदर्शन मितिबारे जानकारी दिएका हुन्। चलचित्रको पोस्टर पनि राखेर उनले फेसबुकमा लेखेका छन्, ‘यो चुनौती र अवसरलाई राम्रोसँग फेस गर्ने वाचा गर्दछौं। आफूलाई मन परेको कथा भन्दै छु। एउटा राम्रो लभस्टोरी चलचित्र बनाउने वाचा गर्दछु। १०० प्रतिशत इमानदार छौं। बाँकी जनता जनार्दन।’

चलचित्रका लागि मुख्य अभिनेत्रीको छनोट हुन बाँकी नै छ। अभिनेत्रीको छनोट गरेर आगामी मार्चबाट छायांकनमा जाने बताइएको छ। अधिकांश छायांकन बेलायतमामा हुने निर्माण पक्षको भनाइ छ। 

७ करोड अनुमान गरिएको यो सिनेमाका निर्माताहरू अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन्। सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम रहनेछन्। एबी इन्टरनेसलको प्रस्तुति रहने सिनेमाका लागि गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटको पनि सहकार्य रहनेछ। 

प्रेमकथामा आधारित यस चलचित्रमा सलोन बस्नेतको पनि भूमिका रहनेछ। चलचित्रको कथा निर्देशक भट्टराई नै लेखेका हुन्। 

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्