Kathmandu Press

गुन्द्रुक उत्पादनमा महिला आकर्षित

पाल्पा, फागुन ९ : गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन...
गुन्द्रुक उत्पादनमा महिला आकर्षित

पाल्पा, फागुन ९ : गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन ।

तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्छिन् । उनले स्थानीय डुम्रे,  जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा रु पाँच÷सात हजार आम्दानी गर्दै आएकी छन्। 

Hardik ivf

प्रतिकिलो  ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ । 

नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको  माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ । 

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक (सिन्की) सुकाइरहेका छन् । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उनले बताए।

बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ । सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्