Kathmandu Press

लिपुलेक, लिम्पियाधुरा फर्काउनेबारे भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह

‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है,’ श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले लेखका छन्। 
लिपुलेक, लिम्पियाधुरा फर्काउनेबारे भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह

काठमाडौं, जेठ १२ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न आग्रह गरेका छन्।

रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्। सोही भ्रमणमा यस बारे कुरा गर्न साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है,’ श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले लेखका छन्। 

उनले रवि लामिछाने सञ्चारकर्मी रहँदा यस्ता विषयमा कुरा उठाउने गरेको पनि स्मरण गरेका छन्।

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्