Kathmandu Press

डिजराजले ल्याए ‘झिल्केले म्वाइ खाला’ गीतको भिडियो

डिजराजले ल्याए ‘झिल्केले म्वाइ खाला’ गीतको भिडियो

काठमाडौं, फागुन ८ : सुमधुर गीत र संगीतका लागि चिनिएका गायक डिजराज पौडेलले आफ्नो गीत ‘झिल्केले म्वाई खाला’ को भिडिओ सार्वजनिक गरेका छन्।

गीत रेकर्ड भएको चार वर्षपछि यसको भिडिओ बनेको हो। कोरोना महामारीका कारण भिडिओ निकाल्न ढिलाई भएको पौडेल बताउँछन्।

Hardik ivf

उनी चिनिएको गीत ‘तिमी आउने बाटोमा फूल रोपि दिए, तिमी आइनौं’ र ‘सुनैको दरवार दिन तिमीलाई सक्दिनँ’ भन्दा झिल्केले म्वाई खाला नितान्त फरक खाले छ।
डिजराजले यो गीत परम्परागत शैलीभन्दा फरक स्वादमा गाएका छन्। उनकै शब्दमा यो गीत ‘कमेडी बेस रमाइलो खाले’ हो । त्यसैले पनि दर्शक, स्रोताले रुचाएको उनी बताउँछन्।

नक्कली कान्छिको क्या राम्रा रातो गाला
झिल्केले म्वाई खाला

उनको यो गीत उत्सव, महोत्वस र रमाइलो अवसरमा निकै रुचाइएका छन्। गीत सरल र सुमधुर भाकामा भएकाले सबैले रुचाएका छन्।

यो गीतमा डिजराजकै संगीत छ। गीतको शब्द भने सानु तिवारीको हो। एक साताअघि ओएसआर डिजीटलद्वारा युट्युवमा रिलिज भएको यो गीतको भिडिओ १९ हजारभन्दा बढीले हेरिसकेका छन्।

आयान राई र सिमरन कार्कीको अभिनय रहेको भिडिआको एरेन्जरमा एमबी चाम्लिङ, निर्देशनमा कपिल कार्की छन्। त्यसैगरी भने क्यामेरा र सम्पादन बालकुमार मगरको रहेको छ।

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्