Kathmandu Press

पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

झापा, फागुन ७ : जयेन्द्र प्रसाईं साहित्य सेवा कोषले पत्रकार मनीषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ।बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया...
पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

झापा, फागुन ७ : जयेन्द्र प्रसाईं साहित्य सेवा कोषले पत्रकार मनीषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ।

बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईं, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट पुस्तकालय र उत्कृष्ट कृतिका लेखक राजेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको हो।

उनीहरुलाई नगद रु २१ हजारका दरले साहित्यकार तथा नेपाल सरकारका पूर्वमुख्यसचिव भोजराज घिमिरेले सम्मान गरेका थिए।

२०७७ मा प्रकाशित कृतिमध्ये सर्वोत्कृष्ट कृति सङ्ग्रौलाको सङ्क्रमण उपन्यास भएको थियो। प्रजातन्त्र दिवसमा १५ कैदीबन्दी रिहा जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आज विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन्।

कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहामा परी उनहिरु छुटेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्तव्य ज्यानमा पाँच, डाका मुद्दाका चार, सवारी ज्यानमा एक र बहुविवाहमा पाँच जना रिहा भएका हुन्। बाइस वर्ष उमेर समूहदेखि ६६ वर्षसम्म उमेर भएका कैदीबन्दी छुटेका छन्।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्