Kathmandu Press

‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, फागुन ६ : शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गरेका छन्।करिब १२ वर्षपछि यही गीतमार्फत...
‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, फागुन ६ : शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गरेका छन्।

करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन  गर्नुभएको हो। ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ।

‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन मलाई, म तिम्रो सामु रहने छु सधैं’ लगायत बोलका गीत भिडियोमा समावेश गरिएको छ।
  
म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काको अभिनय छ। बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।

निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्