बच्चन पाण्डे मार्च १८ मा रिलिज हुने
काठमाडौं, फागुन ६ : हिन्दी फिल्म बच्चन पाण्डेको अफिसियल ट्रेलर रिलिज भएको छ । मार्च १८ मा, एक्सन कमेडी जनर्रामा बनको यस चलचित्रमा अक्षय कुमार,...
काठमाडौं, फागुन ६ : हिन्दी फिल्म बच्चन पाण्डेको अफिसियल ट्रेलर रिलिज भएको छ ।
मार्च १८ मा, एक्सन कमेडी जनर्रामा बनको यस चलचित्रमा अक्षय कुमार, कृति स्य, ज्याक्लिन फनार्नडेज, अर्सद वासी आदिको रहेको छ । फिल्मको निर्देशन फरहाद साम्जी गरेका छन् भने निमार्ता साजिद नाडियावाला हुन् ।
चलचित्रको ट्रेलर एक्सन, थ्रिलर र कमेडीले भरिपूर्ण छ । भर्सटाइल अभिनेता अक्षय कुमारको अभिनय ट्रेलरमै पनि तारिफयोग्य छ । कोरोना महामारीको तेस्रो लहर पश्चात अन्य फिल्म जस्तै बच्चन पाण्डेको पनि रिलिज मिति सरेको थियो । फिल्म बच्चन पाण्डे नामक अपराधीको कथामा आधारित छ ।
यसअघि अक्षय कुमारकै सूर्यवंशी फिल्मले कोरोनाकालमा सुस्ताएको चलचित्र बजारलाई चुस्त पारेको थियो ।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












