Kathmandu Press

इन्टर हस्पिटल फुटसल भोलिदेखि

काठमाडौं, असोज २ : पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ। 

&ls....

इन्टर हस्पिटल फुटसल भोलिदेखि

काठमाडौं, असोज २ : पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ। 

‘खेल खेलाैं र स्वास्थ्य बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ।  प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा निजी हस्पिटलको सहभागिता रहनेछ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहमा तीन टोली सहभागी छन्। समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले ट्रफिसहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उद्घाटन खेलमा निदान हस्पिटल र तिलगंगा हस्पिटल भिड्ने छन्।

प्रतियोगितामा निदान र तिलगंगासहित सुमेरु हस्पिटल, नेपाल एपीएफ, बयोधा हस्पिटल, विनायक हस्पिटल, स्टार हस्पिटल, मध्यपुर हस्पिटल, सिभिल हस्पिटल, मेट्रो आई केयर, ट्रमा सेन्टर, नेपाल पुलिस हस्पिटल, मेट्रो हस्पिटल, नेपाल क्यान्सर हस्पिटल र अल्का हस्पिटल सहभागी छन्।

यसैगरी, मातृका आई सेन्टर, नेश्नल क्यान्सर जावलाखेल, नर्भिक हस्पिटल, काठमाडौं मोडेल, नेपाल नेश्नल हस्पिटल र हिमाल हस्पिटलको सहभागीता रहने छ। 
 

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्